क्वारेन्टाइनमा बस्नु पर्ने ३ हजार बढी स्याङ्जाका गाउँ गाउँमा

समाधान संवाददाता
सरकारले पछिल्लो समय वदेशबाट आउने जो सुकैलाई कम्ती १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ । भारत लगायत विदेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा फैलनबाट रोक्न यसो भनिएको हो । उनीहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसे पनि परिवारका सदस्यसंग समेत भेटघाट गर्नु हुँदैन ।
पछिल्ला केही दिन यता स्याङ्जा जिल्ला भित्र मात्र तिन हजार भन्दा बढी मानिस विदेशबाट घर फर्केको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले समाधान अनलाइनलाई बताए । तीमध्ये अधिकांश भारतमा कोरोना विस्तार हुन थालेपछि घर फर्किएका हुन भने केही अन्य मुलुकबाट आएका छन् ।
‘उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्नु पर्ने हो, तर त्यो सम्भव भएन ।’ प्रजिअ कुर्वाङले भने– घर घर पुगिसके । घरमै क्वारेन्टाइनमा बसेका छौंं भनेका छन् । घरमा क्वारेन्टाइनमा बस्नेहरुले क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने सतर्कता नअपनाएको प्रमुख जिल्ला अधिकारीले बताए । विदेशबाट आएकाा घर बाहिर त निस्केका छैनन, तर परिवारको सम्पर्क भन्दा टाढा पनि छैनन्, यसो हुँदा यदी कोही संक्रमित रहेछ भने गाउमा फैलनबाट रोक्न सकिदैन ।
गाउमा स्वास्थ्य सामाग्री नभएका कारण आफुहरु निरिह बन्नु परेको स्थानीय जनप्रतिनिधि बताउछन । ‘क्वारेन्टाइनमा राख्ने कक्ष त बनाएका छौं, तर त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीलाई दिनु पर्ने तापक्रम मापन गर्ने यन्त्र, एप्राृेन पञ्जा समेत हामीसँग छैन, किन्छौं भन्दा पनि पाइन्न ।’ आँधिखोला गाउ पालिकाका अध्यक्ष सुधिर पौडेले भने । उनले प्रदेश सरकारसँग मााग गर्दा पनि त्यहाँ पनि उपलब्ध नभएको बताए ।
सुखद पक्ष चाही अहिलेसम्म विदेशबाट आएका मानिसहरु सामान्य विरामी पनि परेका छैनन् ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया