नेकपा गण्डकी प्रमुख सचेतक मायानाथलाई मातृशोक,मुख्य मन्त्री गुरुङद्वारा शोक व्यक्त
समाधान संवाददाता
२०७६ चैत १२ गते १३:३४

समाधान संवाददाता
गण्डकी प्रदेश सभा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीलाई मातृशोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज समेत रहेका लमजुङ जिल्ला दोर्दी गाउँपालिका, वडा नं. १, भारते निवासी अधिकारीकी माता सानुमाया ९७ वर्षको उमेरमा चैत १२ गते बिहान काठमाडौमा निधन भएको हो ।
गण्डकी प्रदलेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनप्रति शोक व्यक्त गर्दै यस दुःखको घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथैसम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
यसैगरी नेकपा लमजुङ सचिव एव प्रदेश सभा सदस्य धनन्जय दवाडीले पनि विज्ञप्ति निकालेर शाेक व्यक्त गरेका छन् ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया