क्वारेन्टाइनमा राखिएका व्यक्तीको मृत्यु, हृदयघातको आशंका

समाधान संवाददाता २०७६ चैत १२ गते १८:३२

समाधान संवाददाता

कास्कीको रुपा गाउ पालिकामा क्वारेन्टाइनमा राखिएका एक अधवैशेको मृत्यु भएको छ । उनको मृत्युको कारण हृदयघात हुन सक्ने रुपा गाउ पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् । मुटु रोग सम्बन्धी विरामी भएका उनीमा क्वारेन्टाइनमा रहुन्जेलसम्म कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन ।

भारतको हैदराबादबाट फर्किएका ५० वर्षीय एक ब्यक्ती पछिल्लो दुई दिन यता रुपा गाउ पालिकाले तयार पारेको क्वारेन्टाइनमा बसेका थिए ।

Advertisement

क्वारेन्टाइन स्थल मै बेहोश भए पछि उनलाई थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको थियो । उनको बाटोमै मृत्यु भएको अस्पताल श्रोतले बताएको छ । १२ दिनअघि भारतबाट आएका उनी मंगलबारबाट क्वारेन्टाइनमा बसेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया