कोरोना विरुद्धको लडाईमा गण्डकी सरकारको १५ करोडको कोष

समाधान संवाददाता
गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि १५ करोड रूपैयाँको कोष स्थापना गरेको छ। प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त कोष स्थापना गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।
‘हामी सबै मन्त्रीको एक महिनाको तलब कोषमा राख्ने, सांसद र निजी क्षेत्र एवं संघसंस्थालाई पनि अनुरोध गर्ने निर्णय गर्यौं’, मन्त्री चुमानले भने, ‘अर्थमन्त्री किरण गुरूङ संयोजक रहने गरी म, भौतिक पूर्वाधार र सामाजिक विकासमन्त्री तथा प्रमुख सचिव सदस्य रहेको रोकथाम तथा व्यवस्थापन समिति बनाएका छौं।’
प्रदेश सरकारले कोरोनाका बिरामीको निशुल्क उपचार गर्नेदेखि अरू व्यवस्थापनमा उक्त कोषको रकम खर्च गर्ने जानकारी मन्त्री चुमानले दिए।
गण्डकीले प्रदेशमा भएका ५० बेडमाथिका सबै अस्पतालका आइसोलेसन वार्ड अनिवार्य गरेको छ। क्वारेन्टाइनका लागि पनि ठाउँ छुट्याएको छ।
प्रदेश सरकारले सबै ११ जिल्लाकै जिल्ला अस्पताललाई कोरोना रोकथाम गर्न यसअघि दिएको ५र५ लाख र फेरि त्यति नै रकम थप्ने भएको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए।
मन्त्री बस्नेतका अनुसार भारत लगायत विदेशबाट आएका १७ जनालाई प्रदेशले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको छ। कृषि तालिम केन्द्र मालेपाटन पोखरामा प्रदेशले क्वारेन्टाइन बनाएको छ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया