झण्डै ५ लाख संक्रमित, २१ हजार बढीको मृत्यु, उछिन्दै अमेरिका

एजेन्सी
कोरोना महामारीको प्रपोक झनै फैलिदै गएको । अब यो महामारी विश्वका २०१ देशमा पुगिसकेको छ भने तिव्र गति मै बिस्तार भैरहेको छ ।
यो समाचार तयार पार्दा सम्म ४ लाख ७५ हजार भन्दा ढी मानिस भाइरसको संक्रमण आएका छन् । ती मध्ये २१ हजार ३१५ को ज्यान गैसकेको छ भने एक लाख १७ हजार २४७ जना सरनचो भएका छन् ।
पछिल्लो समयमा यो भाइरस सबै भन्दा दुत गतिमा अमेरिकामा फैलिरहेको छ । एजेन्सीहरुका अनुसार अहिलेसम्म अमेरिकामा झण्डै ७० हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ । यी मध्ये १ हजार ४५ जनाको मृत्यु भएको छ भने ६१६ जना सन्चो भएर घर फर्केका छन् ।
अहिले संक्रमितको संख्यामा अमेरिका इटली भन्दा ५ हजारले पछि छ । मृतक भने इटलीमा ७ हजार ५०३ पुगेको छ । स्पेनमा करिब ५० हजार संक्रमित हुँदा ३ हजार ६४७ को ज्यान गएको छ । त्यस्तै जर्मनमा करिब ४२ हजार संक्रमित हुँदा २१९ को मृत्यु भएको छ भने २७ हजार संक्रमित हुँदा २ हजार ७७ को ज्यान गएको छ । बेलायतमा राजकुमार चाल्स सहित करिब १० हजार संक्रमित हुँदा ४६५ जनाको मृत्यु भइसकेको छ ।
नेपालका लागि सबै भन्दा खतरा रहेको भारतमा पनि यो रोग बढिरहेको छ । अहिललेसम्म ६५७ जना संक्रमित हुँदा १२ जनाले ज्यान गुमाएका छन् । चिन, कोरिया, जापानले भने यो भाइरसको बिस्तारमा अंकुश लगाएका छन् ।
नेपालमा तीन जना संक्रमित पाइएकोमा एक जना सन्चो भइका छन भने दुई जनाको उपचार भैरहेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया