कोरोना भत्ता

समाधान संवाददाता २०७६ चैत १३ गते १७:००

लघु कथा

चिन्तु गिरी

कोरोनाका डरले सरकारले देश नै लकडाउन गर्दा पनि जनता बाहिर निस्कन नछाडे पछि पन्ध्र दिन घरको क्षेत्रभित्र बस्नेलाई दैनिक पाँच हजार भत्ता दिने घोषणा ग-यो ।जनता प्रफुल्ल भए ।पन्ध्र दिनको पचहत्तर हजार ! हिसाब पनि निकाले ।

Advertisement


बजारमा एक जनाका मनमा कुरा उठ्यो । हामी त घरै बस्छौं तर बजारका अरु के गर्छन् , चियो त गर्नु प-यो भन्दै बाहिर निस्क्यो ।अरु परिवारलाई पनि त्यस्तै शंका लाग्यो ।घर बाहिर निस्केर पनि भत्ता पाउन थाले भने उजुर त गर्नु प-यो नि भन्दै उनीहरू पनि बाहिर निस्के ।

एवं रितले बजार भरी हूल जस्ताको तस्तै भयो ।मान्छेलाई कोरोनाको डर भन्दा पनि अर्काले भत्ता पाउँछन् कि भन्ने रिस भयो । त्यसै बेला जब सेना र प्रहरीको हूलले घे-यो बाहिर निस्केका जतिले भाटे सुम्लो खाएर कसैले पुर्पुरो , कसैले ढाड बङ्ग्याउँदै र खुट्टा खोच्याउँदै भत्ता संझदै आ- आफ्ना घर भित्र छिरे । _ स्याङ्जाका साहित्यकार गिरीकाे फेसबुकबाट

Advertisement

तपाईको प्रतिक्रिया