अमेरिकामा सबै भन्दा बढी कोरोना संक्रमित

एजेन्सी
चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।
अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।
यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बीबीसीले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।
ट्रम्पले के भने रु
बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही समयमा नै अमेरिकामा नियमित काम सुरु हुनसक्ने बताएका थिए । तर त्यसको केही समयमा नै अमेरिका भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको हो । बिहीबार यो तथ्यांकबारे बोल्दै ट्रम्पले मुलुकमा उल्लेख्य मात्रामा भइरहेको कोरोना भाइरस परीक्षणको कारण धेरै संक्रमित फेला परेको बताए ।
अहिलेसम्म अमेरिकाको ५० ओटै राज्यमा भाइरसको संक्रमण फैलिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अहिलेसम्म ५ लाख ५२ हजार मानिसमा भाइरस संक्रमण भएरनभएको परीक्षण गरिएको छ ।
राष्ट्रपति ट्रम्पले चीनले सार्वजनिक गरेको तथ्यांकमा पनि आशंका व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईंहरुलाई चीनमा कति ९बिरामी० छन् भन्ने थाहा छैन ।’ ट्रम्पले भाइरस रोक्न थप कडाइका कदम चाल्ने कुरालाई भने अस्वीकार गरेका छन् । उनले अब छिटै नै अमेरिकीहरु आफ्नो काममा फर्किने दाबी गरे ।
स्रोत( बीबीसी







‘समयसापेक्ष पाठ्यक्रम आवश्यक’
प्रगतिटोलमा योग शिविर
दीपशिखा सहकारीको सभा
रेडक्रसको ह्विलचेयर सहयोग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया