अस्पतालबाट भागेका थुनुवा १० दिनमा पक्राउ

समाधान संवाददाता २०७६ चैत १६ गते २२:२१

समाधान संवाददाता
कास्की जिल्ला कारागारमा रहेका पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा भागेका कैदी प्रतिमान तामाङ धादिङबाट पक्राउ परेका छन् ।
१५ गते शनिबार धादिङबाट पक्राउ परेका तामाङ आइतबारदेखि कास्की कारागारको क्वारेन्टाइनमा राखिएको कास्की कारागारका जेलर गणेश गौतमले जानकारी दिए । तामाङ जवरजस्ती करणी र बहुुविवाहाको मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । चैत ६ गते पोखरा १० रामघाटमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उपचारको क्रममा तामाङ भागेका थिए । पिसाब रोकिएको समस्याको कारण तामाङलाई उपचारको लागि अस्पाल लगिएको थियो । कारोना भाइरसको जोखिम बढ्दै गएको समयमा भित्र रहेका कैदिमा पनि जेखिम बढ्ने भएको कारण क्वारेनटाइमा राखिएको गौतमले सुनाए ।

तपाईको प्रतिक्रिया