मुस्ताङ आउदै गरेका ७५ यात्रु सवार ३ बस पर्वतबाटै फर्काईयो

समाधान संवाददाता २०७६ चैत १७ गते १४:४३

फोटो ःसंक्रमित युवतीसंगै नेपाल आएको हल्ला चलाईएका युवाको जहाज टिकट ।

एसके थकाली, समाधान
जोमसोम

जिल्ला प्रशासन कार्र्यालय कास्कीको सिफारिसपत्रका आधारमा मुस्ताङ आउदै गरेका ७५ यात्रुलाई जिल्ला प्रशासन कार्यालय पर्वतले कास्कीको नयापुलबाट पुन ःपोखरा फर्काईदिएको छ । मुस्ताङ प्रशासनको समन्वयमा पर्वतले उक्त यात्रु चढेको ३ वटा बस आईतबार पोखरानै फर्काएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी गराएको छ ।

Advertisement

मुस्ताङ आउदै गरेको बसका सबै यात्रु उपल्लो मुस्ताङका स्थानीय छन् । कास्की प्रशासनको सिफारिस लिएर गाउ फर्किएका उनीहरु चढेको बस फर्किएपछि विभिन्न टिकाटिप्पणी बाहिरिन थालेको छ । मार्च १९
मा कतार एअरवेजको विमानबाट नेपाल आएकी बाग्लुङकी एक संक्रमित युवतीसंगै यात्रा गरेको भन्ने हल्लाले मुस्ताङका ५ वटै पालिकाले उच्चसर्तकता अपनाए भने स्थानीय प्रशासनले बस रोक्न पहल ग¥यो र बस पोखरानै फर्कियो।

कोरोना संक्रमित उक्त युवतीलाई कोरोना भएको औपचारीक पुष्ठि भएसंगै विदेशबाट मुस्ताङ आएका उक्त युवाको जानकारी हासिल तथा निगरानी गर्न मुस्ताङ प्रशासनले कास्की प्रहरीलाई खबर गरेको मुस्ताङका सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए ।

Advertisement

जिल्ला प्रशासन कार्यालयलाई विदेशबाट आएका उक्त युवा संक्रमित युवतीसंगै आएको हुनसक्ने ईलाका प्रशासन कार्यालले लोमान्थाङले जानकारी गराएपछि म्याग्दी र मुस्ताङको सिमाना घासामा थप निगरानी र कडाई गरिएको थियो । सोही दिन मुस्ताङ आएका ७ जनालाई घासा क्वारेन्टाईमा राखिएको छ ।

बाग्ुलुङकी कोरोना सक्रमित युवती मार्च १९ मा काठमान्डौं अवतरण गरेकी थिईन् ।तर संक्रमित युवतीसंगै आएको भनेर प्रचारित भएका उपल्लो मुस्ताङ उक्त युवा मार्च २० मा काठमान्डौंमा अवतरण भएको पाईएको छ । उनले आफु दुवहीबाट एअर अरेबियाको जहाजबाट मार्च २० को राति १०ः२० बजे अवतरण उनले टिकट मार्फत पुष्ठि गरेका छन् । उनले आफु र संक्रमित पुष्टि भएकी युवती भन्दा १ दिनपछि काठमान्डौं समााधानलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया