कोरोना नियन्त्रण कोषमा कृषि विकास बैंकको ५ लाख

समाधान संवाददाता २०७६ चैत १७ गते १५:३५

समाधान संवाददाता
पोखरा


गण्डकी प्रदेशले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण उपचार कोयामा कृषि विकास बैंकले ५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको गण्डकी प्रदेश कार्यालय पाेखराका निर्देशक करुणचन्द्र घिमिरेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सोमबार हस्तान्तरण गरे ।
सो रकमको चेक हस्तान्तरण गर्दा कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका बरिष्ठ शाखा प्रमुखहरु महेश पौडल र मोतिप्रसाद पौडेल उपस्थित थिए ।


गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा मुख्यमन्त्री, प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, नीति तथा योजना आयोगका उपाध्यक्ष, सदस्य, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लगायतले १ महिना बराबरको रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया