कोरोनाले तोडिदियो २० महिना देखिको व्रत

समाधान संवाददाता २०७६ चैत १९ गते १७:१७

समाधान संवाददाता

लोकनाथ काफ्ले पूर्व सरकारी कर्मचारी हुन । हाल उनी ओमशान्तीका कट्टर अनुयायी । पत्रकारितासंग उनी नजोडिए पनि उनको नाता पत्रकारितासंग छ । उनका छोरा अनुप काफ्ले काठमाण्डु पोष्टका निवर्तमान सम्पादक हुन । अनुप हाल अमेरिकामा बसेर पत्रकारिता गर्दैछन ।

यिनै लोकनाथ काफ्लेले विगत २० महिना देखि अन्नको एउटा दाना पनि खाँदैनथे । उनले नुन नखाने व्रत पालना गरेको पनि २० महिना पुग्यो । उनी सागसब्जी, फलफुल र पानी माात्र खान्थे ।

Advertisement

तर कोरोना भाइरसले यिनको २० महिना लामो ब्रत तोडाएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दे अन्न र नुन नखाने व्रत कोरोनाका कारण तोडेको जानकारी दिएका छन् ।

उनले कोरोनाका कारण सागसब्जी र फलफुल पनि किन्न छोडेको बताउदै भनेका छन्–समय परिस्थितिले बाध्यतामा परियो, त्यसैले आजै देखि अन्न नखाने आफ्नै प्रतिज्ञा तोडियो । उनले फेसबुकमा नेपाली थालीको फोटो समेत पोष्ट गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया