बागलुङकै ६५ वर्षे महिलामा भेटियाे काेराेना, संक्रमित ६ जना पुगे

समाधान संवाददाता २०७६ चैत २० गते १६:२९

पाेखरा

नेपालमा थप १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएकाे छ । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा दाेहाबाट काठमाडाै‌ं बागलुङ नगरपालिका ३ गाै‌ंडाकी ६५ वर्षे महिला रहेकाे स्राेतले जनाएकाे छ ।

उनी बिहीबारसम्म पनि गाउँमै छन् । धाैलागिरी अञ्चल अस्पतालमा उनलाई उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनी बेल्जियममा आफन्तलाई भेटेर फर्केकी हुन् ।

Advertisement

क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बागलुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये एकजनाको टेकु अस्पताल र अर्की एक युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले नियमित प्रेस ब्रिफ्रिङमा बिहीबार उक्त जानकारी गराएका हुन् । योसँगै नेपालमा संक्रमित ६ जना पुगेका छन् । १ जना भने उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।

Advertisement

अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डा देवकोटाले जानकारी दिए । काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए । पाेखरामा पनि परीक्षण सुरु भएकाे छ ।

तपाईको प्रतिक्रिया