कास्कीमा कोही पनि संक्रमित नभएको आधिकारिक जानकारी

समाधान संवाददाता २०७६ चैत २१ गते १५:३८

समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले कास्की जिल्लामा कोरोना संक्रमित नभेटिएको पुष्टि गरेको छ । उसले आफ्नो आधिकारिक वेब पेजमा यसको पुष्टि गरेको हो ।

पोखरामा हिजो नमुना परिक्षण गरिएका चारै जनाको रिजल्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले बताएको छ । हिजै देखि पोखरामा कोरानो भाइरस संक्रमित दुई जना फेला परेको भन्दै हल्ला फिजाइएको थियो ।

Advertisement

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो देखि कोरोना भाइरसको स्वाब परिक्षण थालिएको थियो । यो ल्याबले दिएको नतिजा भेरिफाइ गर्नका लागि उनीहरुको नमुना काठमाण्डौं पठाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले जनाएको छ । पुन काठमाण्डौं पठाएको विषयलाई कोरोना पुष्टी भन्न नमिल्ने ती अधिकारीले दावी गरे ।

‘अहिलेसम्म सरकारको कुनै पनि आधिकारिक निकायबाट पुष्टी गरिएको छैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना आधिकारिक व्यक्तीले भने– हल्लाका पछाडी नलागौं ।

Advertisement

तपाईको प्रतिक्रिया