वालिङकाे काेराेना राहत कोषमा साढे ११ लाख जम्मा

वालिङ
वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा रु साढे एघार लाख जम्मा भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८११ जम्मा भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
शुक्रबार साँझसम्म रु १० लाख ७६ हजार ८११ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल रु ११ लाख ५० हजार ८११ सङ्कलन भएको नगरप्रमुख खाँणले बताउनुभयो । सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने इच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने व्यवस्था मिलाएको नगरप्रमुख खाँणले बताउनुभयो ।
नेपाल बैंक लिमिटेड वालिङमा कोषको नाममा रहेको खाता नं ०८३००१०६८३३२६७०००००१ मा इच्छुक सङ्घसंस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन सबैमा नगरपालिकाले अनुरोध गरेको छ । रासस








पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया