हुन्डाई गाडीको वारेन्टी २ महिना थपिने

समाधान संवाददाता २०७६ चैत २४ गते ११:३३

समाधान संवाददाता
पोखरा

नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ केयर नामक नयाँ कार्यक्रम सुरुआत गरेको छ । हालको समयमा कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरेको हो ।

जसले हुन्डाइका ग्राहकहरुलाई यस कठिन् समयमा आफ्नो सवारीसाधनको मर्मतमा कुनै पनि कठिनाईहरू आएमा सहायता प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

हुन्डाइ केयर कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी २ महिना थप्ने सुनिश्चित गरेको छ । यस अफरमा निशुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एमसी सेवाहरू समावेश गरिनेछ ।

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको ‘मानवताको प्रगति’ को प्रतीज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । कम्पनी उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया