आबुधावीमा रहेका पोखरेली युवाको कोरोना डायरी

समाधान संवाददाता २०७६ चैत २५ गते १०:०७

हातमा ठेला उठ्न त पाएको छैन, मनमा ज्वारभाटा उठेका छन्

Advertisement

यदुनाथ सुवेदी

अप्रिल १ गते राति १२  बजे मस्त निद्रामा रहेकै बेला फोनको घन्टी बजेसँगै निद्रा भंग भयो । जब फोन उठाएँ तब शरीरबाट निद्रा नै गायब त भयो नै । खबरले आङनै जिरिंङ भयो । किन कि सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखिएको खबर आयो । म पनि सरकारी क्वारेन्टाईनमा जानुपर्ने भयो । जस्तो सुत्ने बेला लगाएर सुतेको कपडा हात मा मोबाइल र आफ्नो परिचयपत्र सहितको पर्स, आँखा मिच्दै के ढोकाबाहिर निस्किएको थिएँ चडाईहाल्यो गाडीमा । हुइँकियो गाडी समुन्द्रको तिरै तिर । समुन्द्रको तिरमा पानी जहाज तयारी अवस्थामा रहेछ गाडी सिधै लग्यो जहाजमा ।

Advertisement

४५ मिनेट पानी माथिको यात्रासँगै फेरि जमीनमा हामी उत्रिइयो । फेरि गाडी हुइँकियो । यहाँको सरकारले तोकेको क्वारेन्टाइनमा । जहाँ पुग्दा बल्ल थाहा पाएँ म लागायत १०  जनालाई ल्याइएको रहेछ । एउटा होटेललाई नै हस्पिटल बनाएर मानिसहरु राख्ने व्यवस्था गरिएको रहेछ । त्यहाँ पुग्दा बिहान भइसकेको थियो । सबै प्रक्रिया पूरा गरेर कोठामा छिर्दा ४  बजेको थियो ।


बिहान ४  बजे सुत्न खोजेको के निद्रा लाग्थ्यो । मनमा हल्का डर जो लागि रहेको थियो । कतै आफूलाई नि कोरोना ले छोएको छ कि भनेर ! बिहानपख यसै बेडमा पल्टिएको थिएँ घण्टी बज्यो रूमको । फेरि के हुने हो भन्दै ढोका खोल्न जाँदा ढोकाबाहिर एउटा सानो बाकस रहेछ । त्यसलाई कोठाभित्र ल्याएर खोलेको बिहानीको नास्ता रहेछ । अनिदोसँगै भोक लागेका बेला नास्ता भेटाउँदा मन खुसी भयो । नास्ता खाएर टिभीमा खबर हेर्न लागेको कोरोना भाइरसको महामारीले विश्व नै आतंकित बनाइरहेको थाहा पाएँ ।

Advertisement

राति निद्रामै उठाएर ल्याएको भए पनि नास्ता, खाना, कोठामै टिभीसहित मोबाइलमा इन्टरनेट भेटाउँदा भने खुसी नै लाग्यो । यसका लागि धन्यवाद भनै पर्छ युएई सरकारलाई । दिउँसोको खाना खाएर यसो के बेडमा पल्टिएको थिएँ फेरि घन्टी बज्यो रूमको । ढोका खोलेको त सरकारी डाक्टरको टोली आएको रहेछ हाम्रो पनि भाइरसको परीक्षण गर्नका लागि । टेलीले नमूना संकलन गरेर लियर गयो । त्यही नमुनाको रिपोर्ट कुर्दै तेस्रो दिन बित्यो । त्यस रात पनि गतिलोसँग निदाउन सकिनँ ।

अप्रिल ५ मा बिहान उठेपछि नित्यकर्म गरेर नास्ता खाएपछि टिभी हेर्दाहेर्दै मोबाइलमा म्यासेज आयो । जसले मन हलुका त बनायो नै । सँगै खुसी पैदा गर्‍यो । किनकि म्यासेजमा लेखिएको थियो तपाईंलाई कोरोना लागेको छैन धन्यवाद । सँगै कोठाको घण्टी बज्यो र ढोका खोल्दा त होटेलको काम्दार हातमा चक्लेटको प्याकेट सहित बधाई दिन आएका रहेछ्न् ।

केही कमाउन विदेश आएका हामीहरुका दिन अहिले असहज हुँदैछन् । दिनहरु कोठामै बितेका छन् । हिजोसम्म दिनभरको कामले तप्प तप्प पसिना चुहिन्थ्यो । आज भने पसिना आउनै पाएको छैन । कामबाट रूममा फर्किँदा हातमा उठेका ठेला आज सुकेका छन् ।  रूम फर्किएपछि यता उता हिड्डुल गर्ने हरु नि आज रुम भित्रै हाई काड्दै सुतेका छन् । रुमभित्र जति बस्न पाए पनि, काम गरेर पसिना चुहाउन नपरे पनि, हातमा ठेला उठाउन नपरे पनि हामीहरुका मनमा ज्वारभाट उठेका छन् ।

समाधानले आह्वान गरेको लकडाउन डायरीका लेखन अन्तर्गत हाल आबुधावी दुबईमा कार्यरत पोखरा १७ तल्लो बिरौटाका सुवेदीले पठाएको सामग्री

तपाईको प्रतिक्रिया