मुलुकभर २ हजार ३ सय ६६ परीक्षण

समाधान संवाददाता २०७६ चैत २६ गते १६:३२

समाधान संवाददाता
पोखरा


कोरोना संक्रमित पहिचानका लागि बुधबारसम्म २ हजार ३ सय ६६ नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफ्रिङमा प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा जनस्वास्थ्य प्रयोगशालामा १ हजार ९ सय ६५ र बाहिर ४ सय ६१ परीक्षण भएको जानकारी गराए । बुधबार १ सय भन्दा बढी नमुना परीक्षणको काम भइरहेको उनले बताए ।

Advertisement

र्‍यापिड टेस्टका लागि कैलालीमा मात्र १ सय ९८ नमुना संकलन भएको छ । अछाम, जुम्ला र सुर्खेतमा गरी ८ सय २ नमुना पिसिआर परीक्षणका लागि संकलन गरी काठमाडौं पुर्या‍इसकिएको छ ।

सबै जिल्लामा काेभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराए । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको थियो ।

उनले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरुपमा तयार भएको जानकारी दिए । त्यहाँ अहिले सयभन्दा बढी श्यया र छ६ वटा सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको छ ।

यसैगरी उनले ८ जना सङ्क्रमित सबैका आफन्त, परिवार र साथीभाइ सबैको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिए । उनका अनुसार अहिले मुलुकभरि १३४ जना आइसोलेशनमा रहेका छन् । ८ हजार ५८० जना क्वारेन्टाइनमा रहेका छन् ।

कल सेन्टरमा तीन हजार ३०६ जनाको गुनासा सम्बोधन भएका छन् । मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट ८२९ जनाले कोभिड–१९ को स्वपरीक्षण (सेल्फ इभ्यालुशन) गरेका छन् ।

तीमध्ये तीनजना रेड जोनमा परेका उहाँले जानकारी दिनुभयो । मन्त्रालयले नमूना सङ्कलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेशिन पठाएको उनले बताए । यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, सङ्क्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ ।

तपाईको प्रतिक्रिया