क्वारेन्टाइनमा बसेका सबैकाे र्यापिड टेस्ट गरिने

पाखरा ।
काेराेना संक्रमणकाे आशंकामा बिहीबारसम्म मुलुकभर २ हजार ८ सय ९५ जनाकाे परीक्षण गरिएकाे छ । काठमाडाैमा २ हजार ३ सय ८२ र बाहिर ५ सय १५ वटा परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकाेटाले जानकारी गराए ।
१ सय ९३ जनाकाे नमुना परीक्षण भइरहेकाे र बेलुकासम्म ३ हजार भन्दा बढीकाे नतिजा आइसक्ने मन्त्रालयले जनाएकाे छ ।
र्यापिड टेस्टका लागि सबै प्रदेशमा ५ हजारका दरले किट पठाइएकाे र क्वारेन्टाइनमा राखिएका सबैकाे परीक्षण गर्ने लक्ष्य राखिएकाे डा देवकाेटाले जानकारी दिए ।
र्यापिड टेस्ट गरिएका सबै नमुना राष्ट्रिय प्रयाेगशालामा पुन परीक्षण गरिने मन्त्रालयले जनाएकाे छ ।
बागलुङ पर्वत र म्याग्दीका स्वास्थ्यकर्मीलाई आरडिटी तालिम दिएर परीक्षणकाे काम पनि थालिसकिएकाे उनले बताए ।
बिहीबारसम्म मुलुकभर ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा राखिएकाे छ भने १ सय १७ जनालाई आइसाेलेसनमा राखिएकाे छ ।
जुम्ला र अछाममा नमुना संकलन भइसकेकाे र बिहीबार डडेलधुरा र बैतडीमा नमुना संकलनका लागि टाेली खटिएकाे छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया