महानगरले दियो क्षेत्रीय अस्पताललाई स्प्रे मेसिन

समाधान संवाददाता २०७६ चैत २७ गते १९:१७

समाधान संवाददाता
पोखरा

कोरोना संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हाइ प्रेसर वाटर स्प्रे मेसिन प्रदान गरेको छ ।


पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यलाई हस्तान्तरण गरे । उक्त मेसिनबाट अस्पतालमा भित्रिने र बाहिरिने व्यक्ति तथा सवारी साधनलाई स्प्रे गरिने छ ।

Advertisement

अस्पतालमा धेरै मान्छेहरु आउजाउ हुने भएकाले संक्रमण फैलिन नपाओस भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको प्रमुख जिसीले बताए । ‘अस्पताल संवेदनशील ठाउँ हो यहाँ मानिसहरुको आउजाउ धेरै हुनेभएकाले सुरक्षित बनाउन स्प्रे मेशिन प्रदान गरेका हौ ।’

उनले स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताए । उनले पोखरा महानगरमा आउने कर्मचारी लगायत सबैलाई समेत स्प्रे गर्ने गरी मेशिन सञ्चालन गरिएको बताए । ‘अहिले महानगरमा मान्छे धेरै आउँदैन हस्पिटलमा मानिसहरुको चाप हुने भएकाले सुरक्षित गर्न मेशिन प्रदान गरिएको उनले भने, यी मेसिन भोलिबाटै सञ्चालनमा आउने विश्वास गरेको छु ।’

Advertisement

स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोग प्रशसनीय रहेको बताए । उनले कोरोनाको संक्रमणलाई जित्न सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया