यसरी बढे मृतक– ३ महिनामा १५ हजार, पछिल्ला १८ दिनमा एक लाख बढी

समाधान संवाददाता २०७६ चैत २८ गते २३:३७

एजेन्सी

विश्वब्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या नाटकीय ढंगले बृद्धि भएको छ । अघिल्लो बर्षको डिसेम्बरको अन्तिम हप्तामा पत्ता लागेको यो भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या अहिले आएर तिव्र बृद्धि भएको छ ।

भाइरस शुरु भएको करिब तीन महिनासम्म जम्मा १५ हजार जनाले ज्यान गुमाएका थिए । त्यसपछि मात्र १८ दिनमा ८६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

एजेन्सीहरुका अनुसार भाइरस सुरु भएदेखि मार्च २२ सम्म जम्मा १५ हजार जनाको मृत्यु भएको थियो । तर अहिले अप्रिल १० मा यो समाचार बनाउदै गर्दा एक लाख एक हजार ४७४ जनाको ज्यान गैसकेको छ । यो भाइरस कति खतरनाक छ भन्ने कुरा पछिल्लो १८ दिनमा मृतकको संख्यालाई हेरे मात्र पुग्छ ।

यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या पनि १६ लाख ५० हजार भन्दा माथि लागेको छ । अहिलेसम्म १६ लाख ७४ हजार ८९२ संक्रमित भएका छन् ।

Advertisement

चिनबाट शुरु भए पनि यो भाइरसको इपीसेन्टर यति बेला युरोप र अमेरिका बनेको छ । मृतक मध्ये करिब ७५ प्रतिशत अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतका नागरिक मात्र छन । यो समाचार तयार पार्दासम्म इटलीमा करिब १९ हजार, अमेरिकामा करिब १८ हजार, स्पेनमा करिब १६ हजार, फ्रान्समा करिब १३ हजार र बेलायतमा करिब ९ हजारको मृत्यु भएको छ ।

संक्रमित मध्ये करिब ४ लाख ८८ हजार जना अमेरिकी मात्र छन भने स्पेनमा एक लाख ५३ हजार संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया