भारतमा संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन मुख्यमन्त्री गुरुङ

रामकृष्ण ज्ञवाली पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा कोरोना भाइरसको संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन जारी रहने बताएका छन् । समाधान न्युज डटकमसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘भारतको परिस्थिति नसुध्रिएसम्म हाम्रो लकडाउन अन्त्य गर्न रहर गर्नु हुँदैन,’ उनले भने ।
शनिबार दिउँसो मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो वार्ता गरेका थिए । त्यस अवसरमा आफूले गण्डकी प्रदेशमा अहिलेसम्म भएका गतिविधिबारे जानकारी गराएको सुनाए । ‘लकडाउन निरन्तर गर्नुपर्छ किनभने भारतमा विकराल भइराछ,’ प्रधानमन्त्रीको सन्देश उद्धृत गर्दै मुख्यमन्त्रीले भने, ‘लकडाउन फेरि पनि निरन्तर गर्नुपर्छ, धेरै मान्छेलाई सचेत बनाउनुपर्छ ।’
आफूले गण्डकी प्रदेश र राष्ट्रिय चुनौतीका बारेमा पनि प्रधानमन्त्रीलाई सुनाएको जानकारी मुख्यमन्त्री गुरुङले दिए । ‘यहाँको रिपोर्टिङ गरें, केही सुझावहरु पनि दिएको छु,’ उनले भने ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया