गण्डकीमा ७ सय ५१ जनामा ‘र्यापिड टेस्ट’, देखिएन कोरोना

ईश्वर देवकोटा
पोखरा
गण्डकीका विभिन्न ५ जिल्लामा ‘र्यापिड डायग्नोस्टिक टेस्ट’को काम अघि बढाइएको छ । संघीय सरकारले उपलब्ध गराएको किट मार्फत प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षणको गति बढाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बागलुङ, म्याग्दी, पर्वत, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, नवलपुर र कास्कीमा र्यापिड टेस्टका लागि किट वितरण गरिसकिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
बालगुङ, म्याग्दी, गोरखा, पर्वत र कास्की गरी ५ जिल्लामा परीक्षणको काम पनि सुरु भइसकेको उनले बताए ।
उक्त जिल्लाका ७ सय ५१ जनामा परीक्षण भइसकेको र सबैको नतिजा ‘नेगेटिभ’ आएको निर्देशक डा शर्माले जानकारी दिए ।
विशेषगरी चैतभित्र विदेशबाट आएकाहरुमा संक्रमण भए नभएको पत्तो पाउन तिव्र परीक्षणकाे लागि किटको प्रयोग गरिएको हो । बागलुङमा मात्र ४ सय ७६ जनाको परीक्षण भएको छ ।
गण्डकीमा अहिलेसम्म देखिएका २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु दुबै बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या भने ९ पुगेको छ । १ जना यसअघि नै उपचारपछि घर फर्किसकेका छन् ।
उपचाररत बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गण्डकीमा र्यापिड टेस्टकाे विवरणः










‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया