गण्डकीको कोरोना उपचार कोषमा सानिमा बैंकको १० लाख

समाधान संवाददाता २०७६ चैत ३० गते ६:३९

समाधान संवाददाता

सानिमा बैंकले गण्डकी प्रदेशको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैया प्रदान गरेको छ ।

बैंकका गण्डकी प्रदेश रिजनल म्यानेजर भावुक तण्डुकारले प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन ।

Advertisement

मुख्यमन्त्री कार्यालयमा बैंकका शाखा प्रबन्धकहरु सहित पुगेका तण्डुकारले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा सरकारलाई आफुहरुको पनि साथ रहेको सन्देश दिनका लागि सो रकम प्रदान गरिएको बताए ।

रकम बुझेपछि मुख्यमन्त्री गुरुङले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सबैको साथ लिएर कोरोना भाइरस विरुद्धको लडाई जित्ने विश्वास व्यक्त गरे ।

Advertisement

सानिमा बैंक राष्ट्रियस्तरको बाणिज्य बैंक हो । यसले सात वटै प्रदेशलाई १०–१० लाखको दरले आर्थिक सहायता प्रदान गरेको छ भने केन्द्रिय कोषमा पनि करिब ५० लाख रुपैया सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया