कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार नाघ्यो
एजेन्सी
विश्वभरमा काेराेना भाइरसका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गएकाे छ ।
कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम अवस्था छ । विश्वका विभिन्न देशमा गरी ४ लाख ४ हजार सङ्क्रमित उपचारपछि निको भएका छन् ।
आइतबार बिहानसम्म अमेरिकामा सबैभन्दा धेरै २० हजार ५७७ जनाको ज्यान गएको छ । इटलीमा भन्दा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको छ । इटलीमा १९ हजार ४६८ को ज्यान गएको छ भने स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२ बेलायतमा ९ हजार ८७५ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमितको पहिचान भएको छ । जसमा अमेरिकामा मात्रै ३० हजार कोरोनाका संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया