विन्ध्यवासिनी मन्दिरको भेटी राहत कोषलाई

पोखरा
विन्ध्यवासिनी मन्दिरको भेटीबाट संकलित रकम मन्दिर समितिले कोरोना राहत कोषमा प्रदान गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गण्डकी प्रदेश र पोखरा महानगरपालिकाका २ छुट्टाछुट्टै कोषमा ५/५ लाख रुपैयाँ प्रदान गरेको हो ।
समितिका उपाध्ययक्ष पवित्रराज रेग्मी, सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार ५ लाख रुपैयाँको चेक महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । यसअघि १८ गते उक्त समितिले ५ लाख रुपैयाँ गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।
विन्ध्यवासिनी मन्दिरमा भक्तजनले चढाएको भेटी समितिले संकलन गर्न थालेको झन्डै ३ वर्ष भएको छ । यसबीचमा समितिले पुजारीहरुलाई तलबमा राखेको छ । अरु कर्मचारीसहितको पारिश्रमिक, विद्याश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्र लगायतमा मन्दिर समितिको मासिक खर्च १५ लाखको हाराहारीमा छ ।
मन्दिरमा भेटी पनि मासिक २५ लाख रुपैयाँ उठ्ने गरेको थियो । कोरोना भाइरसको त्रासमा लकडाउन घोषणा गरिएयता मन्दिर पनि बन्द छ । विन्ध्यवासिनी मन्दिर समितिले धार्मिक पाहुनाहरुलाई खानपानको व्यवस्था गर्न आश्रमसमेत चलाइरहेको छ । यसअघि भूकम्पका बेला र बारापर्सामा आएको आँधीका पीडितलाई पनि समितिले सहयोग रकम उपलब्ध गराएको थियो ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया