कोरोनाविरुद्ध एकताबद्द भएर जुध्न मुख्यमन्त्री गुरुङको आग्रह

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिकै अस्तित्वको लागि चूनौती बनेर आएको विश्व मानव जातिकै साझा शत्रु कोरोना भाइरस रोग (कोभिड-१९) का विरुद्धमा एकतावद्ध भई जुध्न आग्रह गरेका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले कोरोना विरुद्ध लड्न सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न नयाँ वर्ष २०७७ ले हामी सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।
स्वदेश तथा विदेशमा रही कोरोना भाइरस रोग (कोभिड-१९) विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा नयाँ वर्ष २०७७ को अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना उनले व्यक्त गरेका छन् ।
चीनको वुहान शहरवाट नेपालमा आएको नेपाली नागरिकमा परिक्षण पश्चात माघ ९ मा नेपालमा कोरोना भाइरस रोग (कोभिड-१९) को पहिलो संक्रमित देखिएसँगै हामीले यस भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि माघ १२ गतेवाट नै औपचारिक गतिविधि शुरु गर्यौं र हाम्रा गतिविधिलाई अहिलेसम्म थप प्रभावकारिताका साथ अगाडि वढाइरहेको उनले दाबी गरेका छन् ।
यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि हामी सम्पूर्ण शक्ति, स्रोत र साधनको उच्चतम परिचालन गरी पूर्ण क्षमताका साथ लागिरहेका छौँ, सन्देशमा उल्लेख छ । यसमा सम्पूर्ण नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको आवश्यकता रहेको भन्दै उनले सबै मिलेर मात्र यस संक्रमणबाट हामी आफू बँच्न र अरुलाई बचाउँन सकिने उल्लेख गरेका छन् ।
उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको संक्रमणवाट जोगिन पूर्व सतर्कता अपनाउनु सवैका लागि अपरिहार्य हुन गएको उनको भनाइ छ । यसका लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै यस संक्रमणबाट बच्ने उपायका सम्वन्धमा विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका सूचनाहरुलाई कुनै हेलचक्राईँ नगरी पूर्ण पालना गर्न मुख्यमन्त्रीले आग्रह गरेका छन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया