के दिउँ शुभकामना सरकार- कविता

समाधान संवाददाता २०७७ वैशाख १ गते २०:२३

डिबी भुजेल

के दिउँ शुभकामना नयाँ वर्षको सरकार

लकडाउन र सामाजिक दुरी कायम भएको बेला

Advertisement

लाखौं लाखको रोजगारी उद्योग व्यवसाय धरापमा परेको बेला

सामाजिक दुरी कायम गरी घरमा नै बस भन्छ सरकार

Advertisement

गोली र हतियार बिनै युद्ध छेडिएको बेला

कतिका खानेकुरा सिद्धिएका छन् कति घरबाट टाडा भएका छन्

काम गर्दैछु भन्छ सरकार

शुक्ष्म जिबाणुसित लड्न यति राहात कोष गरिएको छ

बितरण प्रकिया चुस्त दुरुस्त गरिएको छ भन्छ सरकार

सामाजि दुरी कायम गरी सरसफाइ गरी स्वस्थ खाइ बस्नु नै यसको उत्तम औषधी हो भन्छ सरकार

आर्थिक संकट पर्दैछ रेमिट्यान्स न्यून हुँदैछ

यो कोरोना कोभिड १९ को बेला

बुझक्कण थिंक ट्यांक र अर्थविद के गर्दैछन् सरकार

नेपालकै स्रोत साधनले हुने काम सोचिएन भने लकडाउन व्यर्थ हुनेछ

लकडाउनकै बेला लगाइएका तरकारी खाने बेला भयो सरकार

खेतीपातीको सिजन आउदै छ बीउ बिजन मल र औषधीको व्यवस्था के हुँदै छ सरकार

बन्दाबन्दीमा मन्त्री सांसद लाखौं जनप्रतिनिधि, संघ, संस्था कर्मचारीका बुझक्कडहरुले के सोच्दैछन् सरकार

निदाएका छन् कि अबको आर्थिक युद्धबारे सोच्दैछन् सरकार

यो बेला कलम लकडाउन गर्ने होइन

कलमले योजना भर्ने बेला हो सरकार

लकडाउनको बेला फेरि पनि भन्छु लाखौं लाख जनप्रतिनिधि संघ सस्था मन्त्री व्यवसायी उद्धोगी कर्मचारी बिशेश गरेर थिंक ट्यांक र अर्थविद्ले सोच्ने बेला हो सरकार

उत्पादन र उद्यमशीलता विकास गरी रोजगार गुमेकालाई स्वरोजगार बनाउनु मौकामा चौका हान्ने प्रविधि रोकी सबैलाइ आत्मनिर्भर बनाउन सक्ने बेला हो सरकार

ढिलो नगरी यी कुराहरु गर्ने सोच र प्रेरणा सबै सबैमा मिलोस यहि छ नव वर्ष २०७७ को शुभकामना सरकार

सामाजिक दुरी कायम गरी घरमै बसौं अवश्य केही दिनमा यो माहामारीबाट उम्कने छौं नया वर्षले शक्ति दिओस्

चिप्लेढुंगा, पाेखरा

  •  

Top of Form

Bottom of Form

तपाईको प्रतिक्रिया