मुस्ताङ खाद्यमा ३ सय क्विन्टल राशन मौज्दात

समाधान संवाददाता २०७७ वैशाख २ गते १६:०४

एसके थकाली / जोमसोम ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुस्ताङ शाखाले मंगलबार ३ सय क्वीन्टल राशन मौज्दात को जनाएको छ ।

शाखाले लक डाउनपछि जिल्लाको २ स्थानीय तह र कारागार शाखालाई ३ सय ४६ क्विन्टल राशन बिक्री गरेको छ । खाद्य शाखाले शाखाले बर्सेनि ९ सय क्विन्टल कोटा राशन बिक्री गर्ने लक्ष्य लिए पनि १० प्रतिशत पनि बिक्री गर्न सकेको थिएन ।

Advertisement

विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड–१८) का काराण मुलुक लक डाउन भएपछि खाद्यको राशन खरिद गर्न स्थानीय तथा मजदुरहरु आउने गरेको खाद्य शाखाका निमित्त प्रमुख बिनोद चन्दले जानकारी दिए ।

खाद्य संस्थानले सेवाग्राहीहरुलाई राशन खरिदमा १० प्रतिशत अनुदान छुट गरेको बताए । खाद्यले ३० केजी सोना मन्सुलीको १३ सय ५ , जिरा मसिना ३० केजीको १८ सय र जापानी चामल ३० केजीको १४ सय १० रुपैयाँमा बिक्री गरेको उनले जानकारी दिए ।

Advertisement

उक्त मूल्यको चामलमा १० प्रतिशत छुट दिने गरेको उनको भनाई छ । खाद्यले मौज्याद रहेको चामलले मुस्ताङलाई ३ महिना थेग्न सक्ने दाबी गरेको छ । शाखा प्रमुख चन्दले जिल्लाको राशन माग बढे आवश्यक राशन आयात गर्न शाखा तयार रहेको उल्लेख गरे ।

यस्तै ,मुस्ताङ सदरमुकाम जोमसोमका विभिन्न किनारा पसल तथा होटल रेष्टुरेन्टमा पर्याप्त खाद्यान्न मौज्जाद रहेको अनेरास्ववियु मुस्ताङका अध्यक्ष पेमा छेतेन विकले दाबी गरे । उनले जिल्ला चाहिने खाद्यान्न पर्याप्त रहेकाले जिल्लाबाहिरबाट खाद्यान्न ढुवानी गर्ने कार्य रोकिनु पर्ने सुझाए । लक डाउनको तेश्रो साता बितिस्क्दा समेत कोरोना संक्रमण झनै बढ्दै गइरहेकाले जिल्लालाई सुरक्षित राख्न म्याग्दी र मुस्ताङको नाका पूरै सिल गर्नुपर्ने सुझाए । ‘ राशनको नाममा ट्रक र ट््याक्टरबाट अनाधिकृत रुपमा जिल्लामा नया मानिस भित्रिएकाले कोरोना भाईरसको जोखिम निम्तिने खतरा बढेको दाबी गरे ।

उनले म्याग्दीबाट रातको समयमा पनि लुकिछिपी मानिसहरुको जिल्ला आउजाउ बढेकाले यसप्रति सर्तक रहनु पर्ने बताए । मुस्ताङमा दिनुह दर्जनौ मालवाहक सवारी साधन आउने क्रम रहिरहेकाले चालक र सहचालकहरुकै कारण पनि संक्रमणको डर त्रास रहेको पाईएको छ ।

मालवाहक ट्रकका चालकले जिल्ला आउदा सामाजिक दुरी कायम नगरेको र समुदायमा घुलमिल गरेकाले कोरोना फैलिने चिन्ता बढेको अनेरास्ववियु मुस्ताङ अध्यक्ष विकको भनाई छ । संक्रमणकालमा व्यापारीको कालोबजारी ः कोरोना भाईरसका कारण सरकारले मुलुक लक डाउन गरेपछि जोमसोमका व्यापारीले कालोबजारी गरेको सरोकारवालाहरुको गुनासो छ ।

स्थानीय ओमकार नेपालीले जोमसोमका व्यापारीले संक्रमणकालको फाईदा लिएको दावी गरे । उनले १६ सय रुपैयामा पाईने ग्यासलाई १८ सय ५० सम्म लिएको बताए लक डाउन अघि ६० रुपैया केजीमा पाईने गोलभेडा र प्याजको मुल्यमा सय रुपैया भन्दा बेशी लिने गरेको नेपालीले सुनाए । सार्वजनिक यातायातको साधन लक डाउन भएपछि व्यापारीको मनोमानी बढेको बताए ।

यस्तै, १ केजी खसी मासुको मुल्यलाई अहिले १५ सय सम्म लिएको पाइएको छ । सरोकारवालाहरुले पटक पटक बजार अनुगमन गर्न अनुरोध गरेपनि स्थानीय प्रशासनले बजार अनुगमन गर्नतीर चासो नदिएको उनले दुखेसो सुनाए । त्यसो स्थानीय प्रशासनले दैनिक मूल्य सूची सेवाग्राही देखिने गरी राख्न निर्देशन गरे पनि जिल्लाका कुनैपनि व्यापारीले मूल्य सूची नराखेकाे नेपालीले बताए ।

तपाईको प्रतिक्रिया