२ हजार स्वास्थ्यकर्मी काेराेना नियन्त्रणमा खटिन इच्छुक

काठमाडाैं
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयंसेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेको समितिसमेत गठन गरेको छ ।
समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयंसेवा गर्ने इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको छ । अहिलेसम्म इच्छुक दुई हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको आयोगका उपाध्यक्ष डा गिरीले जानकारी दिनुभयो ।
तीमध्ये ५ सय २७ जना चिकित्सक र १ हजार ४ सय ८६ जना नर्स रहेका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट सय जना, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज सिनामङ्गल, किष्ट मेडिकल कलेज, काठमाडौँ, मनिपाल मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज काठमाडौँ, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट ५० जनाका दरले चिकित्सक स्वयम्सेवी रुपमा परिचालन हुनेछ ।
यसैगरी नोवेल मेडिकल कलेज विराटनगर १५०, विराट मेडिकल कलेजबाट ११८, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेजले पनि सय जनाका दरले नर्स खटाउने भएका छन् । ती स्वास्थ्यकर्मीलाई प्रभावित ठाउँमा खटाइने तयारी गरिएको आयोगका उपाध्यक्ष डा गिरीले बताउनुभयो । सरकारले विश्वव्यापी महामारी भएको कोभिड–१९ को रोकथाम गर्नका लागि जनशक्तिको सुनिश्चिताका लागि आवकाश प्राप्त र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई समेत परिचालन गर्ने निर्णय गरेको थियो । ती जनशक्तिलाई स्वयंसेवी वा सेवा सुविधा दिएर कम्तीमा तीन महिनाका लागि खटाइनेछ ।
मन्त्रालयले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी काममा खटाइने छ ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया