हेल्लो वडाध्यक्षज्यू, एम्बुलेन्स पाईएन अस्पताल जानु पर्ने थियो

लेखनाथ ।
हेल्लो वडाध्यक्षज्यू नमस्कार,
नमस्कार,
कता हुनुहुन्छ ?
म अहिले हस्पिटल छु ।
हस्पिटलमा किन हो र ?
मृगौला फेल भएर डायलसिस गराईरहेको एक जना बिरामी हुनुहुन्थ्यो लकडाउनमा गाडी पाउनु भएनछ, त्यसैले हस्पिटल ल्याएको ।
कोभिड—१९ का कारण उत्पन्न परिस्थिति पछि पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्गको दिनचर्या आजकल विरामीलाई अस्पताल लैजाने, विपन्न परिवारलाई खाद्यान्न जुराउने, लकडाउन कडाई गर्न सुरक्षा निकायसँग समन्वय गर्ने काममा बित्ने गर्दछ ।
उनलाई यतिखेल वडामा संचालन हुने विकास निर्माणका योजनाको संझौता पछि कार्यान्वयनको अवस्थामा, समस्या आएमा समाधान, जनताका दैनिक सिफारिस, विभिन्न विवाद मिलाउने काममा व्यस्त हुनुपथ्र्यो तर कोरोनाको समस्याले त्यसका विरुद्ध महानगरले गरेका क्रियाकलापमा साथ दिने र वडामा त्यसको संक्रमण नहोस् भन्नेमा बढी ध्यान जाने गरेको छ ।
वडाध्यक्ष गुरुङले आफ्नो नीजि कारलाई एम्वुलेन्स जसरीनै प्रयोग गर्दै, अहिलेसम्म १७ जना भन्दा बढी विरामीको उद्धार गरिसकेका छन् ।
वडामा कसैलाइै केही विमारले च्याप्दा र एम्बुलेन्स समेत नपाईने अवस्था आएपछि वडाध्यक्ष आफै कार लिएर विरामीलाई पोखराका विभिन्न अस्पतालमा पुर्याउने र घर छाड्दिने काम गर्छन । सुत्केरी हुन नसकेका देखी मृगौलाको डायलसिस् जस्ता जटिल विरामीलाई अस्पताल ल्याउने लैजाने गरेका गुरुङले जनताको पिडा बुझ्न पनि यस्ता विरामीलाई सहयोग गरेपछि सजिलो भएको बताए ।
जनतालाई यस्तो विषम परिस्थितिमा पनि सहयोग नगर्नेहो भने के को जनप्रतिनिधि हुँ भनेर हिड्ने त ? वडाध्यक्ष गुरुङ्ग भन्छन् —“आखिर तिनै जनताले भोट हालेर जिताएका हुन क्यारे ।” उसो त वडाध्यक्ष गुरुङ महानगरबाट फिप्टी/फिप्टीका योजना सवैभन्दा धेरै कार्यान्वयन गर्ने वडाध्यक्ष पनि हुन ।
वडाध्यक्ष गुरुङ्को कामको सामाजिक संजालमा समेत प्रसस्त प्रशंसा भएको छ । नागरिक समाजका अगुवा देखी वडावासीले गुरुङ्गको कामले अप्ठ्यारो अवस्थामा जनप्रतिनिधि जनता प्रति कति उत्तरदायी हुन्छन् भन्ने प्रमाणित समेत भएको बताएका छन् ।
वडाध्यक्ष गुरुङ्गलाई राहत बितरणमा महानगरको प्याकेज बाहेक स्थानीय बेदराज न्यौपाने, राइजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ र राधा माधव समिति लेखनाथले पनि सहयोग गरेका छन् ।
वडाले ५ सय ७६ जनालाई राहत बाड्ेको थियो भने राइजिङ स्टारले २५ जना, स्थानीय बेदराज न्यौपानेले ३५, राधा माधव लेखनाथ समितिले १५ जनालाई राहत सहयोग गरेका थिए ।
वडाध्यक्ष गुरुङले अब यो थपिएको लकडाउनको समयमा बास्तविक विपन्नहरुलाई समस्या पर्ने भन्दै, राहतका लागि बेलैमा सोच्नु पर्नेमा जोड दिए । ज्यानै जान्छ भन्ने थाह हुँदा हुँदै पनि लकडाउन उल्घंन गर्ने, मुख्य सडक बाहेकका प्राय सवै सडकमा मान्छेको भिडभाड हुनेगरी हिडडुल गर्ने प्रवृत्तिले समस्या आउन सक्ने भन्दै, आफ्नो टोलमा आफैले कडा गर्न उनले स्थानीयवासीलाई आग्रह गरेका छन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया