अल्छी गरी बस्यौं भने भोकै मर्छौं है

समाधान संवाददाता २०७७ वैशाख ८ गते ९:१५
डिबी भुजेल   कोरोनाको माहामारी कहिलेसम्म रहने हो संसारलाई रुवाउनेलाई के नै गर्ने हो शक्ति रास्ट्र भन्नेलाई नि धुरु धुरु रुवाएको छ प्रकृतिको दोहनले यस्तो भाको छ   करोडौंलाई लकडाउन गरी आफू सयर गर्‍या छ डाक्टर र बैज्ञानिकको होस उडा छ लाखौ लाखको ज्यान लिने यस्ले किन गर्दैछ मानवको चेतनालाई ठेस पुर्‍याछ   अर्थतन्त्र मन्दी हुने बेला अब आ को छ सरकारलाई प्रश्न गर्छु के नै भाको छ ज्यालादारी असहायको राहात चाडो गर है ठाउँको ठाउँ सहयोग गर्ने माहोल बनाउ है   नाकाबाट कोरोना छिर्‍यो सेना प्रहरी लागाउ है आत्मबल कडा गरी सहयोग गरौं है लाखौं लाख बेरोजगारी अब समेट्ने कस्ले हो नेता मन्त्री सांसदले सोच्ने कहिले हो तातोपानी सामाजिक दुरी यसको मुल औषधी हो यति गरे हामी सबै वचन सक्छौ हो बाँझो भएको जमीनमा खेती सबै लगाउ है भोकमरीको समस्यालाई न्यून गरौं है   सहरमा कौसी खेती अब शुरु गरौं है अल्छी गरी बस्यौं भने भोकै मर्छौ है बेला यस्तो घर्किदै छ शान्ति कामना गरौ है लकडाउनको बेला हो यो आत्मनिर्भर बनौ है   दुरदृष्टि नलगाए व्यवस्था नै धराप  यस्तो बेला नसोचेमा सबले सराप्छ

तपाईको प्रतिक्रिया