तानसेनमा कृषि एम्बुलेन्स सुरु, जनताको घर घरमा तरिकारी पुर्याउदै नगरपालिका

समाधान संवाददाता
लक डाउनका कारण आहातमा परेका कृषक र जनता दुवै सहयोग पुग्ने गरी पाल्ला जिल्लाको तानसेन नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । यो एम्बुलेन्सले कृृषकको घरमा पुगेर तरकारी ल्याउने र उपभोक्ताको घर घर पुर्याउने काम गरिरहेको छ । यसो हुँदा तरकारी उत्पादक किसान उत्पादन नबिकेर हैरान हुनु परेको छैन भने उपभोक्ता ताजा तरकारी खानबाट बञ्चित हुनु परेको छैन ।
नगरपालिका मातहतको तानसेन युवा परिषद्ले कृषकको तरकारी ल्याउने र उपभोक्ताको घर घरमा पुर्याउने कामको नेतृत्व गरेको छ । तरकारी सुपथ मुल्यमै घर(घरमा उपलब्ध गराइएको छ । तानसेनको मदन पोखरा र आसपासको क्षेत्र तरकारी उत्पादनका लागि परिचित क्षेत्र हो ।
तानसेन युवा परिषदले किसानबाट ल्याएको तरकारीका दुई थरी पोका बनाउने गरेको छ, जसको मूल्य ५० रुपैया र सय रुपैया छ ।
किसान र उपभोक्ताबीच समन्वय काम गरिरहेको तानसेन तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले जानकारी दिएका छन । लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँने र उपभोक्ताले तरकारी नपाउने समस्या आएपछि आफूहरुले सहजीकरण गरेको नगरपालिकाले जनाएको छ ।
तरकारी एक सय र ५० रुपैयाँका पोकामा उपलब्ध गराइएको छ । तरकारी एम्बुलेन्समार्फत तरकारी बितरण गरिने र तरकारी एम्बुलेन्स शहरी क्षेत्रका उपभोक्ताका घरघरमा पुग्नेछ । एक परिवारले फरक फरक ३ पोकासम्म किन्न पाउने व्यवस्था गरिएको छ ।
पोकामा समावेश गरिएका तरकारीमा काउली प्रतिकिलो २०, बन्द प्रतिकिलो १० रुपैयाँ, काक्रो प्रतिकिलो ३५ रुपैैयाँ कायम गरिएको छ । तरकारीको मूल्य किसानले निर्धारण गरे अनुसार नै हुनेछ । नगरपालिकाले संगम मदनपोखरा कृषि सहकारीको सहयोगमा तानसेन युवा परिषद् पाल्पाको संयोजनमा काम थालेको नगर प्रमुख अशोककुमार शाहीले बताएका छन् ।
तरकारी एम्बुलेन्स बिहान ९ बजेदेखि ११ बजेसम्म टुँडिखेल, नारायणस्थान, सित्तलपाटीलगायतका क्षेत्रका घरघरमा पुग्नेछ । अग्रिम आवश्यकता भएमा परिषद्का अध्यक्ष गुराँस आत्रेयलाई र महासचिव धनु घिमिरेलाई सम्पर्क गर्न भन्दै नगरपालिकाले उनीहरुको मोवाइल नम्बर नै जनतालाई उपलब्ध गराएको छ । नागरिक खबरबाट









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया