स्याङ्जामा भीषण असिना पानी, तरकारी, फलफूल र बाली साेत्तर
समाधान संवाददाता
२०७७ वैशाख ८ गते १७:३०

स्याङ्जा
स्याङ्जाको पुतलीबजार नगरपालिका आसपासमा सोमबार दिउँसो भीषण असिना पानी परेको छ । असिना पानीले मौसमी बाली तथा तरकारीका साथै फलफूलमा धेरै क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

तस्बिर : पुरुषाेत्तम काेइराला
लकडाउनका बेला घरमै बसेर लगाएको तरकारी बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । सुन्तला र अमिलोजन्य फलफूलको फूल खेल्ने बेलामा परेको असिनाले उत्पादनमा समेत असर पार्ने देखिएको छ ।

दिउँसो साढे २ बजेपछि लगातार आधा घन्टा असिना पानी परेको पुतलीबजार १३ का पुरुषोत्तम कोइरालाले बताए ।
भर्खरै एकोहोरो खनेका मकै पनि असिनाले सोत्तर पारेको छ । हुर्कंदै गरेका घिरौंला, करेला, लौका, काँक्रा, भिन्डी लगायतका कलिला बिरुवा त झन् सखापै बनाएको छ ।
सम्बन्धित








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया