मुस्ताङको ठिनीमा हिमचितुवाले मार्‍याे च्याङ्ग्रा

समाधान संवाददाता २०७७ वैशाख ९ गते १७:२५

एसके थकाली, जोमसोम

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्तर्गत हिमाली जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउमा हिमचिुतवाले ४ वटा च्याङ्ग्रा मारेको छ । आइतबार राति स्थानीय मानबहादुर थकालीले पालन गरेको च्याङ्ग्रा गोठमा पसेर हिमचितुवाले ४ वटा च्याङ्ग्रा मारेको घरपझोङ–५ ठिनीका वडा सदस्य सञ्जय थकालीले जानकारी दिए ।

Advertisement

हिमचितुवाले गोठका ९ वटा च्याङ्ग्रा मध्ये ४ वटा च्याङग्राको रगत खाई छोडेको वडासदस्य थकालीले बताए । च्याङ्ग्रा पालक किसान मानबहादुर थकालीको ४ वटा च्याङ्ग्रा मर्दा करिव ६४ हजार बराबरको क्षति भएको जनाईएको छ। हिमचितुवाले गोठमा रहेका च्याङ्ग्रा माथि आक्रमण गरेको थियो ।

क्षति विवरण संकलन गर्न स्थानीय संरक्षण व्यवस्थापन समिति ( सिएमसी )का सदस्य र घरपझोङ गाउपालिकामा कार्यरत पशु चिकित्सक टोली घटनास्थल पुगेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । यसअघि मुस्ताङको ठिनी गाउमा हिमचितुवा र मानव बिचको अन्तरद्धन्द हुने गरेको थियो । २ वर्ष अघि हिमचितुवाले गोठमै पसेर भेडा–च्याङ्ग्रा मार्ने गरेको स्थानीयको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया