लेखनाथ उद्योग वाणिज्यले दैनिक १२ सय जनालाई तयारी खाना खुवाउँदै

लेखनाथ
लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपन्न परिवारका लागि दैनिक रुपमा बिहान र बेलुकाको खाना खुवाउने कार्यक्रम जारी रहेको छ ।
गत वैशाख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिब १२ सय जनालाई बिहान बेलुकाको खाना खुवाउँदै आएको संघका अध्यक्ष वलराम ढकालले जनाकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लगाएको लकडाउनका कारण घरमा चुलै नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पाटी प्यालेसमा खाना पकाएर सम्वन्धित ठाउँमा नै खाना पुर्याउँदै आएको छ ।
सम्बन्धित वडाको सिफारिस र स्थानीय टोल विकास सस्था तथा आमा समूहको सहयोगमा नामावली संकलन गरी बिहान ९ बजे र बेलुका ६ बजे खाना तयार गरि पाइक पर्ने विभिन्न ठाउँमा तयारी खाना वितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र बास्तोलालले जनकारी दिएका छन् ।
तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पुर्याउन अप्ठ्याराे भएकाले वडा नं २८ का लागि राहत सामग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा स्थानीयवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समोन्वयमा खाना तयार गरि दैनिक रुपमा करिब ३ सय ७० जनालाई तयारी खाना खुवाउँदै आएको संघका द्वित्तीय उपाध्यक्ष विनोद श्रेष्ठको भनाइ रहेको छ । यो अभियान वैशाख १५ गतेसम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने सोचले तयारी खाना वितरण गरिएको हो ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया