युवा उद्यमीले बनाए वैदाम वडा प्रहरी कार्यालयमा सेनिटाइजर टनेल

समाधान संवाददाता २०७७ वैशाख १५ गते १२:२१

पोखरा

वडा प्रहरी कार्यालय पोखरा वैदाममा सेनिटाइजर टनेल निर्माण गरिएको छ । नेपाली युवा उद्यमी मञ्च पोखराले टनेल निर्माण गरी वडा प्रहरी कार्यालय वैदामलाई हस्तान्तरण गरेको हो ।


कोरोनाको जोखिमलाई मध्यनजर गरी मञ्चले प्रहरी कार्यालय अगाडि टनेल निर्माण गरेको अध्यक्ष पुनित वैद्यले जानकारी दिए । कोरोना संक्रमण न्यूनीकरणको अभियानमा फ्रन्टलाइनमा काम गर्ने नेपाल प्रहरीको कार्यालय अगाडि टनेल निर्माण गर्न पाउँदा खुसी लागेको उनले बताए ।

Advertisement


मञ्चकै सदस्य सरोज कायस्थले टनेल निर्माण गरेका हुन् । अब सो टनेलमा सेनिटाइज भएपछि मात्र वडा प्रहरी कार्यालय प्रवेश गर्न पाइने वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए । टनेल निर्माण गरेकोमा उनले मञ्चलाई धन्यवाद ज्ञापन गरे । ‘युवा व्यवसायीको यो कार्यले प्रहरीलाई जोखिम कम भएको छ,’ उनले भने, ‘काम गर्न हौसला पनि मिल्नेछ ।’


कार्यक्रमको सहजीकरण मञ्चका प्रोग्राम चियर पर्सन निरन केसीले गरेका थिए । आफूहरु अन्य समयमा पनि युवाको भूमिका निर्वाह गर्न सधैं अगाडि रहने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया