माधव नेपाललाई फकाउँदै प्रधानमन्त्री ओली

काठमाडौं
चौतर्फी घेराबन्दीका कारण अप्ठेरोमा परेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा २ नेताबीच झन्डै एकघन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता नेपाल लगायतका नेताहरुबीचको भेटघाट प्रधानमन्त्री ओलीविरुद्धको मोर्चामा केन्द्रित भएपछि सशंकित भएका ओलीले नेपाललाई फकाएर आफ्नो पक्षमा ल्याउने प्रयास स्वरुप भेटघाट गरेका हुन्।
दाहाल, नेपाललगायतका नेताहरु ओलीले प्रधानमन्त्री र पार्र्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने दबाब दिँदै आएका छन् भने ओली प्रधानमन्त्री पद छाडे पनि अध्यक्ष छाड्न तयार छैनन्।
अर्का अध्यक्ष दाहालले नेता नेपाललाई प्रधानमन्त्रीमा अघि सार्न खोजेको बुझेपछि ओलीले नेपाललाई आफ्ना पक्षमा रहेको देखाउनका लागि आफैले प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया