भीरकोटकाे प्रकोप व्यवस्थापन कोषमा नेकपाले दियाे ३० हजार राहत
समाधान संवाददाता
२०७७ वैशाख १५ गते १४:५८

भीरकोट
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगर कमिटीले भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रकम प्रदान गरेकाे छ ।
नेकपा जिल्ला सदस्य सन्तोष केसी र नेकपा भीरकोट सचिव विश्वनाथ अर्यालले राहत स्वरुप नगद ३० हजार १ सय नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका हुन् ।
नगद रकम बुझ्दै नगर प्रमुख छायाराम खनालले नगर भित्रका सक्रिय रहेका राजनीतिक दलहरुले कोबिड १९ ले विश्व माहामारीको रुप लिइरहेको अवस्थामा लक डाउनबाट प्रभावित भीरकोटवासीलाई भोकै बस्नुपर्ने अवस्था आउन नदिन सबैको उत्तिकै दायित्व रहेको बताए ।
हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८ हजार ४ सय ३८ जम्मा भएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए ।
सम्बन्धित








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया