किसानलाई राहत घोषणा गर्न आग्रह

काठमाडाैं
नेपाल किसान संघले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउनपछि मुलुकभरका किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुलाई राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।
संघका सभापति भानुभक्त सिग्देलले आज एक वक्तव्यमार्फत लकडाउनका कारण दिनभरी मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकलाई समस्या परेको, उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पुर्याउन नपाएर नष्ट गर्नुपरेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमी संकटमा परेको उल्लेख गर्नुभएको छ ।
सरकारसँग श्रमिक किसानलाई गाँसबासको व्यवस्थापनसाथै सबै खाले किसानको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न संघले अपिल गरेको छ ।
उत्पादनमा लागेका किसान मल बीउ जस्ता अति आवश्यक सामग्रीको अभावमा नयाँ उत्पादनमा लाग्न नपाएको बताउँदै अध्यक्ष सिग्देलले यसले मुलुकको समग्र अर्थव्यवस्थामा दुरगामी असर पर्ने उल्लेख गर्नुभएको छ । संघले कोरोना रोकथामका लागि लकडाउन लागु गरेर मात्र जनताप्रतिको सबै कर्तव्य पूरा नहुने भन्दै सरकारलाई किसानका समस्याप्रति गम्भीर हुन आग्रह गरेको छ । रासस








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया