लकडाउनकाे अवधि सार्वजनिक बिदा

समाधान संवाददाता २०७७ वैशाख १५ गते २०:५७

काठमाडाैं

सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ ।

राजपत्रमा जारी गरिएको सूचनामा संक्राम रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ ।

सूचनामा भनिएको छ, ‘मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।’

Advertisement

बैंक तथा वित्तीय संस्थाहरुले भने आन्तरिक सूचना जारी गरी लकडाउनकाे अवधिभित्रै फाेर्स लिभ र अन्य बिदा कटाैती हुने गरी मिलाउन निर्देशन जारी गरेका छन् । बिदा बस्न नचाहाने कर्मचारी निजी सवारीमै कार्यालयमा हाजिर हुन कर्मचारीलाई वाध्यात्मक निर्देशन जारी गरका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया