कांग्रेस जिल्ला सदस्य तिमिल्सिनालाई मातृशोक

पोखरा
नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ ।
उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा साेमबार साँझ निधन भएको हो । अयाेध्याकाे मंगलबार पोखरा १, गाईघाटमा अन्त्येष्ठि गरिएको छ ।
उनका ३ छोरा र ३ छोरी छन् । शवयात्रामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, छिमेकी र आफन्त सहभागी थिए ।
कास्की कांग्रेसका सभापति कृष्णबहादुर केसी, नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा र कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देललगायत दाहसंस्कारस्थलमा पुगेर श्रद्वाञ्जली अर्पण गरेको नेपाली कांग्रेस पोखरा १८ वडा कार्यसमितिका सभापति शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
३ छोरामध्यका जेठा छोरा कृष्णप्रसाद तिमिल्सिना डिएलए कास्कीका पूर्व अध्यक्ष पनि हुन् । कान्छा छोरा दीपेन्द्र तिमिल्सिना कांग्रेस क्रियाशील सदस्य हुन् । माइला छोरा सूर्यप्रकाश तिमिल्सिना ‘पालुवा’ शिक्षक हुन् ।
यसैबीच नेपाली कांग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।









मगर सभ्यता र माघे संक्रान्ति
पोखरा महानगरले चैतसम्म राजस्व छुट दिने
चुनावको मुखमा फुट्यो कांग्रेस
सम्पादकीय—स्वास्थ्य बिमा नरोकौं
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया