मुख्यमन्त्री गुरुङ काठमाडौंमा

समाधान संवाददाता २०७७ वैशाख १६ गते २१:०१
kqsf/ ;Dd]ng kf]v/f, !# j}zfv . u08sL k|b]z, d'VodGqL sfof{no kl/;/df sf]le8–!( sf] ;ªqmd0f /f]syfd / cfufdL /0fgLltaf/] hfgsf/L lbg zlgaf/ cfof]lht kqsf/ ;Dd]ngdf d'VodGqL k[YjL;'Aaf u'?ª . t:jL/M /flwsf sF8]n, /f;;

समाधान संवाददाता
पोखरा, १६ वैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काठमाडौं पुगेका छन् । पछिल्लो चरणमा विकसित राजनीतिक घटनाक्रमलालई लिएर उनी काठमाडौं पुगेका हुन् । दल विभाजनसम्बन्धी अध्यादेश सरकारबाट जारी भई सत्ताढ दल नेकपाभित्रबाटै तिव्र विरोध भएर फिर्ता भएपनि विषय सेलाइसकेको छैन ।

सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँ उभिएपछि अल्पमतमा परेका ओली संकटमा परेको टिकाटिप्पणी सार्वजनिक भइरहँदा मुख्यमन्त्री गुरुङ काठमाडौं पुगेको बुझिएको छ ।

Advertisement

मुख्यमन्त्री गुरुङले नियमित फेसबुक लाइभमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग आगामी नीति बजेट तथा कार्यक्रमबारे कुराकानी गर्न र पार्टी भित्र उत्पन्न असहज परिस्थितीको समाधानका लागि कुनै न कुनै योगदान पुर्याउन पुगेको बताएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबारको निर्णय सुनाउँदै मुख्यमन्त्री गुरुङले अन्तिममा भनेका छन्, –‘पार्टीभित्र जुन असहज परिस्थिती उत्पन्न भएको छ, यसमा आफ्नो कुनै न कुनै योगदान पुग्छ भनेर काठमाडौं आएको छु ।’

Advertisement

त्यसअघि उनले भने, ‘हामीले अब निर्माण, उत्पादनसम्बन्धी कामहरु अघि बढाउनुपर्ने भनेका छौं । खेतीपातीको कामलाई पनि सहजीकरण बनाउनुपर्ने भनेका छौं । यसको सन्दर्भमा संघ सरकारले कतिपय धेरै कुराहरु गर्नुपर्ने छ ।’

कोरोना संक्रमणबाट प्रदेशलाई मुक्त गराउन पर्याप्त पिसिआर टेस्ट गराउन आवश्यक सहयोग माग गर्न र लकडाउनको मोडालिटीबारे छलफल गर्न काठमाडौं पुगेको उनले बताए ।

प्रदेश मन्त्रिपरिषद् बैठक सकिनासाथ मुख्यमन्त्री काठमाडौंतर्फ लागेको उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेले सुनाए । ‘क्याबिनेट बैठक सकिने बित्तिकै साढे १ बजे काठमाडौंका लागि हिँडेका हौं । मन्त्रालय सम्बन्धीत कामहरु पनि छन्, पार्टीको मुभमेन्ट पनि होला,’ टेलिफोन सम्पर्कमा न्यौपानेले भने ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि पार्टी सचिवालय बैठक बुधबार साँझ बस्ने भएको छ। भोलि साँझ पाँच बजे सचिवालय बैठक बोलाइएको छ । आज बस्ने भनिएको बैठक भोलिलाई सरेको हो ।

तपाईको प्रतिक्रिया