बागलुङकाे बरेङ ३ का वडाध्यक्ष खनालको निधन

समाधान संवाददाता २०७७ वैशाख १७ गते २१:११

बागलुङ

आगलागीमा परी गम्भीर घाइते हुनुभएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ ।

काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा यही वैशाख ८ गते आगलागी हुँदा खनाल, उहाँकी श्रीमती रुपा र छोरा सञ्जय घाइते हुनुभएको थियो ।

Advertisement

सोही घटनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो । खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पु¥याइएको थियो । “उहाँको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो”, अध्यक्ष शर्माले भन्नुभयो, “शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।”

खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुख छ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ । खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । रासस

Advertisement

तपाईको प्रतिक्रिया