गण्डकी प्रदेशमा ५४ सयको आरडिटी परीक्षण

समाधान संवाददाता २०७७ वैशाख १८ गते ६:१८

पोखरा

गण्डकी प्रदेशमा हालसम्म ५ हजार ४ सय ११ जनाको आरडिटी परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार  बुधबार मात्रै ६८ जनाको आरडिटी परीक्षण भएको छ ।

पिसीआरका लागि बुधबार थप ४० जना व्यक्तिको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा ६ सय २१ जनाको नमुना संकलन भएकोमा ६ सय १३ जनाको परीक्षण परिणाम नेगेटिभ रहेको निर्देशक विनोदविन्दु शर्माले बताए । उनका अनुसार ७ जनाको परिणाम आउन बाँकी रहेको छ  भने २ जना संक्रमित मध्ये दुवै जना निको भएर घर फर्किसकेका छन् ।

Advertisement

बुधबारसम्म हेल्लो डाक्टर १०९२ मा ७ सय ६० जनाले चिकित्सकीय परामर्श सहितको  विशेषज्ञ सेवा लिएकाछन् ।

यसैगरि गोरखा वेलफेयर ट्रस्ट नेपालले पोखरा स्वास्थ्य विज्ञानप्रतिष्ठानलाई पिपिइ, इन्फारेड थर्मोमिटर र एन ९५ मास्क लगायतका व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

Advertisement

बुधबारै  कोभिड – १९ रोकथाम, नियन्त्रण र उपचारको लागि जनशक्ति तथा आपूर्ति परिचालन समितिको बैठक  सम्पन्न भएको छ । समितिका संयोजक डा. तारानाथ पोख्रेलज्ले गण्डकी प्रदेशमा कोभिड – १९ संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनमा हालसम्म भए गरेका गतिविधिबारे  जानकारी गराए ।

 बैठकले आगामी दिनमा हाल देखिएका कमजोरी र गतिरोधलाई कम गर्दै प्रभावकारी रुपमा कोभि -१९ नियन्त्रण, रोकथाम र व्यवस्थापन कार्य अगाडी बढाउने निर्णय गरेको छ । साथै  डिसइन्फेक्सन टनेलको प्रयोग बारे मापदण्ड बनाउनु पर्ने र त्यसको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायसंग समन्वय गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया