क्षेत्रीय सभापति शर्मालाई पितृशोक परेकोमा दुःख व्यक्त
समाधान संवाददाता
२०७७ वैशाख १८ गते १३:४२

समाधान संवाददाता
नेपाली काँग्रेस कास्की अन्तर्गतका विभिन्न तहका समितिले नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति वृजमान गुरुङ, क्षेत्र नं २ का सभापति माधव बास्तोला मधु, क्षेत्र नं ३ का उपसभापति कमलबहादुर गुरुङ र पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले छुट्टाछुट्टै शोक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
क्षेत्रीय सभापति शर्माका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए ।
सम्बन्धित









दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
मुस्ताङमा ११ हजार मतदाता
पोखरा सहकारीको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया