अख्तियार पाेखरा कार्यालयमा बढे उजुरी

जमुना वर्षा शर्मा, पाेखरा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गत वर्षको तुलनामा १५ प्रतिशतले बढी उजुरी परेका छन् ।
पोखरास्थित सो कार्यालयमा यस आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो नौ महिनामा ७ सय ६१ उजुरी परेका छन् । यो गत वर्षको भन्दा १५ प्रतिशतले बढी हो । कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित २१८ उजूरी परेका छन् ।
परेका उजूरीमा स्थानीय तह शिक्षाबारे १ सय २५, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ७५, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ५४, प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थय मात्र ३४, प्रदेश भौतिक पूर्वाधार÷यातायात, खानेपानी र शहरी विकासमा ५०, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय २२, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणको २९ छन् ।
अन्य बाँकी मन्त्रालयको १५४ उजूरी रहेको छ । सात सय ६१ उजुरीमध्ये ३०५ उजुरी मात्र फछ्र्यौट भएको जनाइएको छ । आयोगले गत वर्षको आवमा जम्मा छ स्टिङ अपरेशन (रङ्गेहात पक्राउ) गरेकामा यो आवको नौ महिनमा १० स्टिङ अपरेशन गरेको छ ।
जिल्लागतरूपमा सबैभन्दा बढी कास्कीमा ३४७ उजुरी परेको छ । स्याङ्जामा ७९, तनहुँमा ७६, पर्वतमा ६६, बागलुङमा ५१, गोरखामा ५१, म्याग्दीमा ४४ लमजुङमा ४०, मुस्ताङ छ र मनाङमा एक÷एक छन् । उपसचिव रिजालले आयोगले पञ्चवर्षीय रणनीति तयार गरी चारखम्बे आधारस्तम्भअन्तर्गत प्रवद्र्धनात्मक, निरोधात्मक, दण्डनात्मक र संस्थागत क्षमता अभिवृद्धिमार्फत कार्ययोजना अघि सारेको बताए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया