निजी संस्थाले कर्मचारीलाई दियो राहत

पोखरा
१ सय ३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा हेओरुम हिमालय तथा सियोल पोखरा ट्राभल्स एन्ड टुर्स प्रालिले आफ्ना कर्मचारीलाई राहत प्रदान गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण जीविकोपार्जनमा समस्या परेकाले संस्थामा आबद्ध गाइड, पोटर, कार्यालय कर्मचारी तथा सहयोगीलाई शुक्रबार राहत सामग्री वितरण गरिएको हो ।
संस्थाले आफ्ना कर्मचारीलाई १ बोरा चामल, तेल १ लिटर, ५ किलो आँटा, नुन १ पोका, चना २ केजी, रातो दाल २ केजी, मस्यौरा २ प्याकेट, साबुन (कपडा धुने १, नुहाउने १, भाडा माँझ्ने २) प्रदान गरेको संस्थाका सञ्चालक राजु सुवेदीले बताए ।
कामविहीन भएका ३० कर्मचारीलाई हेओरुम हिमालय तथा सियोल ट्राभल्स एण्ड टुर्सको बजेटबाट राहत वितरण गरिएको सञ्चालक सुवेदीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगतबहादुर पहारी, पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनार, टानका अध्यक्ष हरि भुजेल, नाटाका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया