एकै दिन १० काेराेना संक्रमित थपिए
समाधान संवाददाता
२०७७ वैशाख २१ गते १६:४२

पाेखरा
सरकारले लकडाउन खुकुलाे पार्ने तयारी गरिरहँदा नेपालमा काेराेना संक्रमित थपिने क्रम राेकिएकाे छैन ।
आइतबार नेपालगन्जमा ९ र वीरगन्जमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगन्जमा संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।
वीरगन्जमा थप १ जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया