वैदेशिक रोजगारीमा गएका नागरिकको लगत संकलन गर्दै रुपा गाउँपालिका

समाधान संवाददाता २०७७ वैशाख २२ गते १७:३१

समाधान संवाददाता

कास्कीको रुपा गाउँपालिकाले वैदेशिक रोजगारीको क्रममा रहेका नागरिकहरु कोराना भाइरस (कोभिड १९)को कारण कार्यरत मुलुकका थप समस्या परेर फर्कन परेको अवस्थामा व्यवस्थापनको लागि कास्कीको रुपा गाउँपालिकाले योजना बनाएको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले त्यस प्रयोजनको लागि गाउँपालिकाले त्यस्ता नागरिकको लगत समेत संकलन गरेको जानकारी दिए । ‘कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि प्रभावकारी काम गरेका छौं,’अध्यक्ष ओझाले भने, ‘रुपाका विदेशमा काम गर्ने नागरिकलाई समस्या परे ल्याए पछि व्यवस्थापनको लागि योजना बनाएका छौं ।’ अध्यक्ष ओझाले रुपाबाट भारत, अमेरिका, साउदी अरब, युरोप लगायतका २५ मुलुकहरुमा १ हजार ७सय ८३ नागरिक कामको लागि गएको जानकारी दिए ।

Advertisement

जिल्ला समन्वय समिति कास्कीले कोरोना भाइरसको कारण उत्पन्न समस्या र गाउँपालिकाले गरेको सेवा प्रवाहको बारेमा गरेको अनुगमनको क्रममा अध्यक्ष ओझाले वैदेशिक रोजगारीमा रहेका रुपाका नागरिकहरु फर्कन परेको खण्डमा गाउँपालिकालेव्यवस्थापन गर्ने योजना बनाएको बताए ।अध्यक्ष ओझाले आवश्यक परेको खण्डमा ति नागरिकको व्यवस्थापनको लागि ३५ जनासम्म राख्न मिल्ने क्वारेन्टाइनको क्षमता विस्तार गर्ने उल्लेख गरे । अहिलेसम्म विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइन राखेको जानकारी दिदै अध्यक्ष ओझाले क्वारेन्टाइन राखेका ५४ जनाको आरडिटी र १३ जनाको स्वाब परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको उल्लेख गरे ।

उनले गाउँपालिका भरीका स्वास्थ्य संस्थाहरु २४सै घण्टा खोलेर ‘स्वास्थ्य सेवा प्रवाह गर्नुको अलवा रुपा गाउँपालिकामा स्वास्थ्य सेवा घरघरमा’ भन्ने नाराका साथस्वास्थ्यकर्मीहरु ४ हजार १ सय घरधुरीमा पुगेर सबै नागरिकको पुगेर स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटी रुपा ५ देउराली उपशाखाको एम्बुलेन्स बिग्रीएको कारण गाउँपालिकाको गाडीले नै निशुल्क रुपमा एम्बुलेन्सको सेवा दिएको जनाए ।

Advertisement

अध्यक्ष ओझाले नियमित औषधी सेवन गर्ने ५सय ८६ दीर्घरोगका बिरामीलाई घरमा पुगेर सेवा दिएको बताए । उनले ५० वर्ष भन्दा माथीका जेष्ठनागरिकलाई १ हजार २सय सर्जिकल मास्क वितरण गरेको जनाए । गाउँपालिका भित्रका पशलहरुको अनुगमन गरी मुल्य सुची अद्यावधीक गरिएको उल्लेख गर्दै अध्यक्ष ओझाले ति पसलेहरुलाई माक्स, पुन प्रयोग गर्न सकिने पन्जा वितरण गरेको बताए । उत्पादनलाई असर नपरोस भनी ४हजार भन्दा बढीलाई घरघरमा पुगेर तरकारीको बीउ वितरण गरेको जानकारी दिदै उनले गाउँपालिकामा प्रवेश गर्ने ९ वटै नाकाहरुमा प्रहरी, स्वयम सेवक र स्वास्थ्यकर्मीहरु राखेर प्रवेश गर्नेलाई कडाई गरेको बताए । जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले स्वास्थ्य सचेतना, माइकिङ, लगायतका काम गरी गाउँपालिकाले कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि प्रभावकारी काम गरेको बताए । उनले कास्कीका सबै स्थानीय सरकारले गरेको सेवा प्रवाह र कोरोना भाइरस नियन्त्रणको लागि गरेको प्रयासको बारेमा अनुगमन गरेको जनाए ।

तपाईको प्रतिक्रिया