सामाजिक न्याय स्थापित गर्न प्रतिबद्ध छु : मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७७ वैशाख २५ गते ७:३४

पाेखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शान्ति र सामाजिक न्याय सहितको समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सार्थक पार्ने अभियानमा निष्ठापूर्वक लाग्ने प्रतिवद्धता जनाएका छन् ।

गौतम वुद्धको २५६४ औँ जन्म जयन्तीको अवसरमा स्वदेश शुभकामना व्यक्त गर्दै उनले संसारमा दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ भन्ने वुद्ध दर्शनवाट आफू पनि प्रेरित रहेको जनाएका छन् ।

Advertisement

उनले भनेका छन्, वुद्धका विचार र उपदेशले आज वुद्ध दर्शनका रुपमा वौद्ध धर्मावलम्वीलाई मात्र नभएर समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको छ भने सिद्धार्थ गौतम वुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई वुद्धको देश र वुद्ध दर्शनको उद्गमस्थलका रुपमा परिचित गराएको छ ।

यतिवेला विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको साझा सत्रु कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको लडाई निरन्तर जारी रहेको उनले जनाएका छन् ।

Advertisement

छिट्टै नै पूर्ववत सामान्य जीवनयापनको अवस्थामा फर्कने छौँ भन्ने कुरामा आश्वस्त पार्दै यस लडाईमा अझै केही समय धैर्य र मजवुत एकताका साथ जुध्न एवं उच्च सतर्कता र तयारीमा जुट्न यो ऐतिहासिक दिनले थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया